Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

सङ्घर्षयात्रा सार्वजनिक

साहित्यकार आर. सी. भट्टराईद्वारा लिखित तथा शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित ‘सङ्घर्षयात्रा’ उपन्यास आज साउन १० गते आइतबार सार्वजनिक गरियो । शिक्षासेवी रामप्रसाद अधिकारीको प्रमुख आतिथ्यमा...
HomeActivitiesलघुकथा सम्मानका लागि शब्दयात्रा प्रकाशनमा अक्षयकोष

लघुकथा सम्मानका लागि शब्दयात्रा प्रकाशनमा अक्षयकोष

शब्दयात्रा प्रकाशनमा एक लाख रुपियाँको अर्को अक्षयकोष स्थापना गरिएको छ । लघुकथाकार तथा बाछिटाकार अम्बिका धितालले आफ्ना पिता डण्डपाणि धिताल र माता मानकुमारी धितालको स्मृति र सम्मानमा अक्षयकोषको स्थापना गर्नुभएको हो । उहाँले यस कोषको स्थापना आफ्नी माताको वार्षिक पुण्यतिथिको अवसर पारी गर्नुभएको हो । यस कोषको ब्याजबाट २०८२ सालदेखि हरेक वर्ष लघुकथा विधामा सम्मान गरिने व्यवस्था गरिएको छ । सम्मानको नाउँ ‘शब्दयात्रा डण्डपाणि–मानकुमारी धिताल लघुकथा सम्मान’ राखिने भएको छ । शब्दयात्रा प्रकाशनमा आफ्ना पितामाताको स्मृति र सम्मानमा २०८२ सालदेखि हरेक वर्ष लघुकथा विधामा समर्पण गर्ने गरी अक्षयकोषको स्थापना गर्नुभएकोमा लघुकथाकार तथा बाछिटाकार अम्बिका धितालप्रति हार्दिक आभार व्यक्त गर्दछु । शब्दयात्रा प्रकाशनमा अक्षयकोष रकम अब ४३ लाख रुपियाँ पुगेको छ ।