Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

अक्षयकोषका लागि थप १ लाख रुपियाँ प्रदान

आध्यात्मिक लेखक तथा पूर्व शैक्षिक प्रशासक शङ्करप्रसाद मानन्धरले नारायणी–शङ्कर शिक्षा पुरस्कारकोषका तर्फबाट शब्दयात्रा प्रकाशनको अक्षयकोषका लागि एक लाख रुपियाँको चेक प्रदान गर्नुभएको छ ।...
HomeActivitiesमाधवी अधिकारी छात्रवृत्ति सिमोन बस्नेतलाई

माधवी अधिकारी छात्रवृत्ति सिमोन बस्नेतलाई

काठमाडौं विश्वविद्यालयका संस्थापक रजिस्ट्रार, वैज्ञानिक तथा लेखक डा. सीताराम अधिकारीले आफ्नी धर्मपत्नी साहित्यकार तथा शिक्षासेवी माधवी अधिकारीको स्मृतिमा खडा गर्नुभएको ‘माधवी अधिकारी छात्रवृत्ति’ २०८० साल वैशाखदेखि २०८१ साल चैतसम्मको दुई वर्षसम्म सिमोन बस्नेतलाई प्रदान गरिने भएको छ । शब्दयात्रा प्रकाशनबाट प्रदान गर्ने गरी व्यवस्था गरिएको उक्त छात्रवृत्तिमा २०८० सालका लागि मासिक २ हजार रुपियाँ र २०८१ सालका लागि मासिक २ हजार २ सय रुपियाँ प्रदान गरिने भएको छ । काभ्रेपलान्चोक जिल्लाको बनेपा बुडोलमा अवस्थित काभ्रे माध्यमिक विद्यालयमा अध्ययनरत छात्रा सिमोन बस्नेत ओखलढुङ्गा जिल्लाको खिजिदेम्बा गाउँपालिका वडा नं. ८ रावा खोलु घर भई हाल बनेपा नगरपालिका वडा नं. ६ मा बसोवास गर्ने दीपकबहादुर बस्नेतकी छोरी हुनुहुन्छ ।