Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

उज्ज्वल, रिसब र कालोटोपीलाई कदरपत्र समर्पण गरिने

शब्दयात्रा प्रकाशनले २०८३ सालको ‘शब्दयात्रा हरिगोपाल प्रधान कदरपत्र’ कर्पोरेट खबर डटकमका संस्थापक सम्पादक उज्ज्वलजङ्ग पराक्रम शाह, बिजनेस पोस्ट डटकमका सम्पादक तथा आर्थिक लेखक रिसब...
HomeActivities‘नागा बाबा रमेश गिरि’ पुस्तक छापिँदै

‘नागा बाबा रमेश गिरि’ पुस्तक छापिँदै

शब्दयात्रा प्रकाशनको ७७ औँ प्रकाशनपुष्पका रूपमा ‘नागा बाबा रमेश गिरि’ नामक पुस्तक प्रकाशन हुने भएको छ । शब्दयात्रा प्रकाशनका अध्यक्ष ग्रन्थसम्पादक हरि मञ्जुश्रीको सम्पादनमा उक्त पुस्तक प्रकाशन हुन लागेको हो । पुस्तकमा काभ्रे जिल्लाको बनेपा बुडोलस्थित गोसाइँस्थानमा २०४२ सालमा आई त्यहीँ समाधिस्थ हुनुभएका प्रसिद्ध नागा बाबा रमेश गिरिका बारेमा जानकारी गराउने सामग्रीहरू रहेका छन् । यस पुस्तकका लागि शान्ति सेवा आश्रमले आर्थिक सहयोग गरेको छ ।
पुस्तकमा उद्धवप्रसाद नेपाल, कृष्णप्रसाद कोइराला, कृष्णमणि कुइँकेल, गुणबहादुर पाण्डे, जयकृष्ण भण्डारी, डिल्लीप्रसाद कोइराला, भैरव के. सी., मुकुन्दप्रसाद उपाध्याय, योगानन्द गिरी, राधाकृष्ण प्रधान, रामप्रसाद तिमल्सिना, शम्भु दाहाल, शिवलाल पाण्डे, शारदाप्रसाद शर्मा, शिवहरि के. सी., सुदर्शन आचार्य, सुमन खड्का आदिका लेखहरू रहेका छन् ।