Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

निर्मला श्रेष्ठलाई सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति

शब्दयात्रा प्रकाशनले प्रथम महिला उपप्रधानमन्त्री शैलजा आचार्यको जीवनी र योगदानका बारेमा पाठ्यसामग्री तयार पार्नका लागि ‘शब्दयात्रा सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति’ निर्मला श्रेष्ठ (काभ्रेपलाञ्चोक)...
HomeActivitiesदुई पुस्तक सार्वजनिक

दुई पुस्तक सार्वजनिक

शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित दुई पुस्तक एक विशेष कार्यक्रममा सार्वजनिक गरिएका छन् । नवीना श्रेष्ठद्वारा लिखित सातौँ पुस्तक ‘शङ्खमूल माहात्म्य र कुम्भेश्वर महादेव’ पुस्तक समाजसेवी तथा कार्यक्रमका सभापति बेलप्रसाद श्रेष्ठबाट र किरण त्रिपाठी पन्तद्वारा लिखित दोस्रो पुस्तक ‘कुँडिएका मनहरू’ कवितासङ्ग्रह काठमाडौँ विश्वविद्यालयका संस्थापक उपकुलपति नेपालका शैक्षिक शिरोभूषण तथा कार्यक्रमका प्रमुख अतिथि डा. सुरेशराज शर्माबाट सार्वजनिक गरिएका हुन् ।
यी दुई पुस्तकसमेत शब्दयात्रा प्रकाशनबाट प्रकाशित पुस्तकको सङ्ख्या १ सय ५२ पुगेको छ । दुवै पुस्तकको मूल्य एक–एक सय रुपियाँ राखिएको छ ।
कार्यक्रममा शब्दयात्रा प्रकाशनका सञ्चालक सदस्य कृष्णमणि कुइँकेलले दुवै पुस्तकको परिचय गराउनुभएको थियो भने कवयित्री किरण त्रिपाठी पन्तले कवितासङ्ग्रहमा सङ्कलित एउटा कविता वाचन गर्नुभएको थियो ।
‘शङ्खमूल माहात्म्य र कुम्भेश्वर महादेव’ नामक पुस्तकको बिक्रीबाट आएको सम्पूर्ण रकम कुम्भेश्वर महादेवका विषयमा शोध गर्ने शोधार्थीलाई लेखनवृत्तिका रूपमा प्रदान गरिने भएको छ ।