Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

निर्मला श्रेष्ठलाई सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति

शब्दयात्रा प्रकाशनले प्रथम महिला उपप्रधानमन्त्री शैलजा आचार्यको जीवनी र योगदानका बारेमा पाठ्यसामग्री तयार पार्नका लागि ‘शब्दयात्रा सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति’ निर्मला श्रेष्ठ (काभ्रेपलाञ्चोक)...
HomeActivitiesढुण्डिराज पोखरेलको ‘मञ्जुश्रीयात्रा’ सार्वजनिक

ढुण्डिराज पोखरेलको ‘मञ्जुश्रीयात्रा’ सार्वजनिक

कवि एवं आध्यात्मिक साहित्यकार ढुण्डिराज पोखरेलले लेख्नुभएको लघुकाव्य ‘मञ्जुश्रीयात्रा’ सार्वजनिक गरिएको छ । लेखक तथा पूर्वप्रशासक डा. इन्दुल केसी र शिक्षासेवी देवीप्रसाद ढुङ्गानाले संयुक्त रूपमा यस लघुकाव्यको सार्वजनिकीकरण गर्नुभएको हो । कार्यक्रममा यो लघुकाव्य लेख्नुको उद्देश्य र लघुकाव्यको विशेषताका बारेमा लघुकाव्यकार ढुण्डिराज पोखरेलले जानकारी गराउनुभएको थियो । कार्यक्रम शब्दयात्रा प्रकाशनको सभाकक्ष बनेपामा २०८३ जेठ ९ गते शनिबार आयोजना गरिएको थियो । लघुकाव्यमा लेखिए अनुसार शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष तथा संरक्षण समितिका अध्यक्ष हरि मञ्जुश्रीलाई केन्द्रीय विषयवस्तु बनाई यो लघुकाव्य लेखिएको छ ।

‘हरि मञ्जुश्री’ बाट ‘मञ्जुश्री’ र ‘शब्दयात्रा’ बाट ‘यात्रा’ शब्द लिएर लघुकाव्यको नाम ‘मञ्जुश्रीयात्रा’ राखिएको छ । यस लघुकाव्यमा शब्दयात्रा प्रकाशनको स्थापना र विकासमा हरि मञ्जुश्रीको योगदानका बारेमा वर्णन गरिएको छ, उहाँको व्यक्तित्वका अन्य विभिन्न आयामहरूमा चाहिँ सङ्केत मात्र गरिएको छ । कृतिकार शब्दयात्रा प्रकाशनका आजीवन सदस्य हुनुभएकाले र यस संस्थाका गतिविधिलाई नजिकैबाट अवलोकन गर्नुभएकाले यस काव्यको महत्त्व बढेको छ र यो काव्य आधिकारिक पनि बनेको छ । हरि मञ्जुश्रीका विषयमा लेखिएको यो ११ औँ कृति हो भने शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित २७५ औँ कृति हो ।