शब्दयात्रा प्रकाशनले २०८१ सालको ‘शब्दयात्रा नन्दिकेश्वर अधिकारी शोध सम्मान’ लेखक चूडाप्रसाद चौलागाईं (काभ्रेपलान्चोक) मा समर्पण गर्ने भएको छ । नेपालको सामुदायिक विद्यालयका प्रथम प्राचार्यका रूपमा नियुक्त भएका शिक्षासेवी तथा संस्कृत साहित्यका खण्डकाव्यकार नन्दिकेश्वर अधिकारी र उहाँका सन्ततिको योगदानका विषयमा अन्वेषण गर्ने लेखकलाई हरेक वर्ष यो सम्मान समर्पण गर्ने गरिन्छ । आफ्ना पुस्तकहरूमा नन्दिकेश्वर अधिकारीका साहित्यिक सन्तति हरि मञ्जुश्रीको व्यक्तित्व र कृतित्वका विषयमा लेख्नुभएकोमा चूडाप्रसाद चौलागाईंलाई यो सम्मान समर्पण गर्न लागिएको हो । यस सम्मानका लागि कवयित्री तथा लेखिका गीता मञ्जुश्री अधिकारीले कोष व्यवस्थापन गर्नुभएको छ । यो सम्मान आगामी जेठ महिनाको अन्तिम सातामा समर्पण गरिनेछ । सम्मान्य व्यक्तित्व चयन समितिको बैठकले उहाँलाई यो सम्मान समर्पण गर्ने निर्णय गरेको हो । सम्मान ग्रहण गर्न स्वीकृति प्रदान गर्नुभएकोमा लेखक चूडाप्रसाद चौलागाईंप्रति शब्दयात्रा प्रकाशन परिवार हार्दिक आभार व्यक्त गर्दछ ।