Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

निर्मला श्रेष्ठलाई सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति

शब्दयात्रा प्रकाशनले प्रथम महिला उपप्रधानमन्त्री शैलजा आचार्यको जीवनी र योगदानका बारेमा पाठ्यसामग्री तयार पार्नका लागि ‘शब्दयात्रा सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति’ निर्मला श्रेष्ठ (काभ्रेपलाञ्चोक)...
HomeActivitiesकृतज्ञतापत्र प्रदान

कृतज्ञतापत्र प्रदान

नेपाली वाङ्मयको श्रीबृद्धिका निम्ति क्रियाशील संस्था शब्दयात्रा प्रकाशनले नीलकण्ठेश्वर धाम संरक्षण समितिलाई कृतज्ञतापत्र प्रदान गरेको छ । शब्दयात्रा प्रकाशनको सुदृढीकरण र स्थायीत्वका लागि पाँच वर्षसम्म आफ्नो भवनमा शब्दयात्रा प्रकाशनको कार्यालय सञ्चालन गर्न दिएकोमा हार्दिक आभार व्यक्त गर्दै समाजसेवी कृष्णमणि कुइकेलको अध्यक्षता रहेको नीलकण्ठेश्वर धाम संरक्षण समिति (बनेपा — ६, काभ्रेपलान्चोक) लाई कृतज्ञतापत्र प्रदान गरिएको हो । निकट छिमेकी रहेका शब्दयात्रा प्रकाशन र नीलकण्ठेश्वर धाम संरक्षण समितिले एक–अर्काका पूरकका रूपमा सहकार्य र सहयात्रा गर्दा दुवै संस्थाका माध्यमबाट नेपाली वाङ्मय प्रज्ज्वलित भइरहने विश्वास शब्दयात्रा प्रकाशनले व्यक्त गरेको छ । कृतज्ञतापत्र प्रा. डा. देवमणि भट्टराई र हरि मञ्जुश्रीले संयुक्त रूपमा प्रदान गर्नुभएको थियो भने कृष्णमणि कुइकेल र सङ्गीता केसीले संयुक्त रूपमा ग्रहण गर्नुभएको थियो ।