पूर्वराजदूत, पूर्व प्रमुख निर्वाचन आयुक्त तथा पूर्वसचिव सूर्यप्रसाद श्रेष्ठले शब्दयात्रा प्रकाशनद्वारा संस्थापित ‘शब्दयात्रा कर्मशीलता पुरस्कार’ को आर्थिक व्यवस्थापन गरिदिनुभएको छ । शब्दयात्रा प्रकाशनले हरेक वर्ष कर्मशीलता पुरस्कार प्रदान गर्ने गरेकोमा त्यही पुरस्कारका लागि कोषमा आफ्ना तर्फबाट एक लाख रुपियाँ राखिदिएर उहाँले शब्दयात्रा प्रकाशनको कोषबृद्धिमा सहयोग गर्नुभएको हो ।
‘शब्दयात्रा कर्मशीलता पुरस्कार’ का लागि आर्थिक व्यवस्थापन गरिदिनुभएकोमा पूर्वप्रशासक तथा कूटनीतिज्ञ सूर्यप्रसाद श्रेष्ठप्रति शब्दयात्रा प्रकाशन हार्दिक आभार व्यक्त गर्दछ ।