शब्दयात्रा प्रकाशनले हरेक वर्ष १८ विधामा राष्ट्रिय व्यक्तित्वहरूलाई सम्मान समर्पण गर्दै आएकोमा २०७८ सालका लागि पहिलो चरणमा ९ विधाका सम्मानहरू समर्पण गरिने भएकाले निम्नलिखित विधाका लागि उपयुक्त व्यक्ति वा संस्थाको नाउँ र योगदानको विवरण यही २०७८ साल वैशाख २० गतेभित्र शब्दयात्रा प्रकाशनको इमेल [email protected] मा पठाइदिन इच्छुक सबैमा अनुरोध छ । प्राप्त भएका सिफारिसमध्येबाट नै तीन सदस्यीय सम्मान्य व्यक्तित्व चयन समितिले हरेक विधामा सम्मान गरिने व्यक्ति वा संस्थाको चयन गर्नेछ ।

पहिलो चरणमा समर्पण गरिने सम्मानहरू —
(१) शब्दयात्रा राष्ट्रझङ्कार सम्मान (कुनै पनि विधाबाट राष्ट्रका लागि उल्लेख्य योगदान पु¥याएका व्यक्ति ः गत वर्ष ठाकुरप्रसाद मैनाली सम्मानित),
(२) शब्दयात्रा शिक्षा सम्मान (शिक्षा क्षेत्रमा उल्लेख्य योगदान गरेका व्यक्ति वा संस्था ः गत वर्ष प्रा. डा. मनप्रसाद वाग्ले सम्मानित),
(३) शब्दयात्रा विज्ञान–प्रविधि सम्मान (विज्ञान–प्रविधि क्षेत्रमा उल्लेख्य योगदान गरेका व्यक्ति वा संस्था ः गत वर्ष देवीप्रसाद चापागाई सम्मानित),
(४) शब्दयात्रा प्रशासनिक महिला प्रतिभा सम्मान (प्रशासनिक कर्मचारी भएर अन्य क्षेत्रमा पनि योगदान पु¥याएकी महिला ः गत वर्ष साहित्यकार हिरण्यकुमारी पाठक सम्मानित),
(५) शब्दयात्रा सामाजिक जागरण सम्मान (समाजसेवाका माध्यमबाट सामाजिक जागरण गराउने व्यक्ति वा संस्था ः गत वर्ष डा. योगेन्द्रभक्त मल्ल श्रेष्ठ सम्मानित),
(६) शब्दयात्रा शोध सम्मान (कवि नन्दिकेश्वर अधिकारी र उनको साहित्यिक वंशजको शोध र प्रकाशनमा संलग्न व्यक्ति वा संस्था : गत वर्ष जीवनचन्द्र कोइराला सम्मानित),
(७) शब्दयात्रा सिर्जना सम्मान (शब्दयात्रा प्रकाशनबाट अघिल्लो वर्ष प्रकाशित पुस्तकहरूमध्ये सर्वोत्कृष्ट लागेको कृति र कृतिकार : गत वर्ष ‘विधवा वासना’ उपन्यासका लागि प्रजापति तिमिल्सिना सम्मानित),
(८) शब्दयात्रा शिक्षक सम्मान (शिक्षकका रूपमा आदर्श स्थापना गरेका व्यक्ति : गत वर्ष सुश्री एक्कुमाया पुन सम्मानित),
(९) शब्दयात्रा स्तम्भकार सम्मान (राष्ट्रिय स्तरको सञ्चार माध्यमका स्तम्भकार : गत वर्ष पदम दाहाल सम्मानित) ।
सम्मान्य व्यक्तित्व चयन समिति, शब्दयात्रा प्रकाशन