शब्दयात्रा प्रकाशनले २०७८ सालको जेठ महिनामा समर्पण गर्नुपर्ने नौ विधाका सम्मानहरू समर्पण गर्न योग्य व्यक्ति तथा संस्थाको नाउँ चयन गर्न तीन सदस्यीय सम्मान्य व्यक्तित्व चयन समितिको गठन गरेको छ । समितिको संयोजकमा शिक्षासेवी लोकेन्द्र ढकाल तथा सदस्यहरूमा साहित्यसेवी सरस्वती चिमौरिया र दामोदर घिमिरे रहनुभएको छ । समितिलाई वैशाख महिनाभित्र सम्मान्य व्यक्ति तथा संस्थाको चयन गरिसक्न आग्रह गरिएको छ ।
शब्दयात्रा प्रकाशनले हरेक वर्ष जेठ महिनामा शोध, सिर्जना, महिला प्रतिभा, राष्ट्रझङ्कार, शिक्षा, सामाजिक जागरण, स्तम्भकार, शिक्षक र विज्ञान–प्रविधि गरी नौ विधामा पाँच–पाँच हजार रुपियाँ, किरीट, अभिवन्दनापत्र र उपहार सहितको सम्मान समर्पण गर्ने गरेको छ ।