हार्दिक बधाई
शब्दयात्रा प्रकाशनद्वारा संस्थापित ‘शब्दयात्रा जयदेव अधिकारी अनुसन्धान सम्मान’ बाट २०७२ सालमा सम्मानित समालोचक रमा शर्मा २०७८ सालको ‘दण्डपाणि नन्दकुमारी अज्र्याल स्मृति पुरस्कार’ बाट पुरस्कृत हुनुभएकोमा हार्दिक बधाई ज्ञापन गर्दछौँ । शब्दयात्रा प्रकाशन परिवार
आजीवन सदस्यता ग्रहण
अग्रज आख्यानकार, भ्रष्टाचारविरोधी अभियन्ता एवं भ्रष्टविरोधी शास्त्रका प्रणेता भरत जङ्गमले शब्दयात्रा प्रकाशनको आजीवन सदस्यता ग्रहण गर्नुभएको छ । शब्दयात्रा प्रकाशन उहाँप्रति हार्दिक आभार व्यक्त गर्दछ ।
महात्मा रामदास नौबागका विषयमा प्रवचन
शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीले महात्मा रामदास नौबागका विषयमा प्रवचन गर्नुभयो । सनातन वैदिक विवेचना नामक आध्यात्मिक कार्यक्रममा नेपाली सन्तहरूका विषयमा जानकारी गराउने क्रममा उहाँले यस पटकको प्रवचनमा दमाईं जातिमा जन्मेर ब्राह्मण जातिका गुरु बनेका महात्मा रामदास नौबागको प्रेरक जीवनगाथा सङ्क्षिप्त रूपमा उल्लेख गर्नुभएको…
नव कविता वाचन कार्यक्रमको पाँचौँ शृङ्खला सम्पन्न
नव कविता वाचन कार्यक्रमको पाँचौँ शृङ्खला सम्पन्न भएको छ । शब्दयात्रा प्रकाशन भक्तपुर सम्पर्क केन्द्र र प्राञ्जल नेपालको आयोजना तथा छन्द कविता मञ्चको संयोजनमा सञ्चालन भएको उक्त कार्यक्रममा प्रमुख अतिथि साहित्यकार डा. अमर गिरी तथा विशेष अतिथि शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष शब्दसारथि हरि मञ्जुश्री रहनुभएको…
भुटानी लेखकलाई सम्मान गरिने
साहित्यिक लेखन, प्रकाशन र पत्रकारिताका माध्यमद्वारा भुटानमा नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षण र विस्तार गर्न योगदान दिनुभएका छत्रपति फुएललाई शब्दयात्रा प्रकाशनले सम्मान गर्ने भएको छ । शब्दयात्रा प्रकाशनले स्थापनाकालको दसौँ वर्षको अवसर पारी विभिन्न व्यक्तित्वहरूलाई विशेष सम्मान गर्ने क्रममा भुटानको साम्ची दोरोखा निवासी छत्रपति…
‘भरत’ महाकाव्य प्रकाशित हुँदै
शब्दयात्रा प्रकाशनबाट ‘भरत’ नामक महाकाव्य प्रकाशित हुने भएको छ । महाकाव्यकार मनिराज जोशीले लेख्नुभएको यो महाकाव्य शब्दयात्रा प्रकाशनको १ सय ६२ औँ प्रकाशनपुष्प हो । शब्दयात्रा प्रकाशनले यसअघि नै तीनवटा महाकाव्य प्रकाशन गरिसकेको छ ।
सञ्चालक समितिको पुनर्गठन
शब्दयात्रा प्रकाशनको सञ्चालक समिति पुनर्गठन गरिएको छ । सञ्चालक समितिका दुई सदस्य पद रिक्त हुन आएकाले शब्दयात्रा प्रकाशनका आजीवन सदस्यमध्येका केदारनाथ तिमल्सिना र अमृत अधिकारीलाई सञ्चालक समितिमा मनोनयन गरी सञ्चालक समितिलाई पूर्णता दिइएको हो । शब्दयात्रा प्रकाशनको सञ्चालक समितिमा २६ जना आजीवन सदस्य रहेका छन्…
शब्दयात्रा प्रकाशनले कोरोना कालमा गरेका कामहरू
विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसका कारण शब्दयात्रा प्रकाशनले विगतका वर्षहरूमा जति काम गर्न सकेन । तैपनि २०७७ साल साउनदेखि २०७८ साल असारसम्म केही कामहरू गरिएका छन् । जस्तै — — आठवटा पुस्तक प्रकाशन गरी सार्वजनिक गरिएको छ । दुईवटा पुस्तिका पनि प्रकाशन गरिएका छन् ।…