कथा र कविताको सङ्ग्रह छापिँदै
भोजपुरे साहित्यकार माधवप्रसाद चापागाईंले लेख्नुभएको तेस्रो किताबका रूपमा कथा र कविताको सङ्ग्रह शब्दयात्रा प्रकाशनबाट छाप्न थालिएको छ । द्रोणप्रसाद श्रेष्ठ ‘मुन्डाघरे’ को मन्तव्य रहेको यस किताबमा ३ कथा र २७ कविता छन् । किताब १ सय १२ पृष्ठको छ ।
सम्मानका लागि नाउँ पठाइदिन अनुरोध
शब्दयात्रा प्रकाशनबाट २०७९ सालको पहिलो चरणमा समर्पण गरिने निम्नलिखित सम्मानका लागि उपयुक्त व्यक्ति वा संस्थाको नाउँ र योगदानको विवरण यही जेठ १० गतेभित्र sypublication@gmail.com मा उपलब्ध गराइदिन अनुरोध छ — १. दानशीलता सम्मान, २. प्रशासनिक महिला प्रतिभा सम्मान, ३. सामाजिक जागरण सम्मान, ४. शिक्षा सम्मान,…
कृतज्ञता कुभिन्डेलीप्रति
साहित्यकार भानुभक्त कुभिन्डेलीसँग भोजपुरको दाँवामा हाम्रो भेट भो । उहाँको स्वागत–सत्कार र स्नेहले हामीलाई भिजायो । उहाँले आदरपूर्वक आफ्ना पुस्तकहरू उपहारस्वरूप दिनुभो — इन्द्रेनीका रङ्गहरू (निबन्धसङ्ग्रह र अरू), भूतको राज्य (कथासङ्ग्रह), नेता प्राकाम्य ((छन्दोबद्ध कवितासङ्ग्रह), काँडाभित्रको यात्रा (उपन्यास), राधा समाधि (महाकाव्य), संस्मरणका क्षणहरू (संस्मरणसङ्ग्रह, भाग…
शब्दयात्रा प्रकाशनको वाङ्मयिक भ्रमण सम्पन्न
शब्दयात्रा प्रकाशनको भ्रमण टोली पूर्वी नेपालका विभिन्न जिल्लाहरूको वाङ्मयिक भ्रमण गरी काभ्रेपलान्चोकमा फर्केको छ । सिन्धुली, ओखलढुङ्गा, खोटाङ, भोजपुर, सङ्खुवासभा, तेह्रथुम, धनकुटा, सुनसरी र उदयपुर हुँदै वाङ्मयिक टोली फर्केको हो । टोलीमा संस्थापक अध्यक्ष शब्दसारथि हरि मञ्जुश्री, सदस्य कवि पदम दाहाल, सदस्य आख्यानकार प्रजापति तिमिल्सिना,…
स्वास्थ्य शिविरमा शब्दयात्रा प्रकाशन
यही २०७८ साल वैशाख १० गते शनिबार शब्दयात्रा प्रकाशन र डा. शिशिर बन्जाराको संयुक्त आयोजनामा बनेपा नगरपालिका वडा नं. १ मा पर्ने टुकुचा नालामा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरियो । शिविरको उद्घाटन सम्बन्धित वडा अध्यक्ष पीताम्बर दुलालले गर्नुभएको थियो । शिविरमा डा. शिशिर बन्जारासमेत ४…
अब ‘अठोट’ को पालो
शब्दयात्रा प्रकाशनबाट गीतकार लीलादेवी श्रेष्ठद्वारा लिखित नाट्यकृति ‘अठोट’ प्रकाशन हुने भएको छ । ‘अठोट’ लाई आगामी जेठ महिनामा सार्वजनिक गरिने लक्ष्य राखिएको छ । कृतिकार लीलादेवी श्रेष्ठ शब्दयात्रा प्रकाशनबाट हरेक वर्ष समर्पण गरिने ‘सङ्खुवासभा प्रतिभा पुरस्कार’ को आर्थिक व्यवस्थापक पनि हुनुहुन्छ ।
शिक्षासेवी रामप्रसाद अधिकारी अभिनन्दनग्रन्थ प्रकाशन समिति गठन
शिक्षासेवी रामप्रसाद अधिकारीको सम्मानमा जनस्तरबाट अभिनन्दनग्रन्थ प्रकाशन गरिने भएको छ । त्यस कार्यका लागि शब्दयात्रा प्रकाशनसँग आबद्ध व्यक्तिहरू सम्मिलित नौ सदस्यीय ‘शिक्षासेवी रामप्रसाद अधिकारी अभिनन्दनग्रन्थ प्रकाशन समिति’ गठन गरिएको छ । समितिको संयोजकमा शिव बन्जारा तथा सदस्यहरूमा चन्द्रबहादुर खड्का, रश्मि हुमागाई, रमेश पौड्याल, केदारनाथ तिमल्सिना,…
हृदयतः समवेदना
शब्दयात्रा कविता–काव्य सम्मानद्वारा सम्मानित व्यक्तित्व डा. ओमवीरसिंह बस्न्यात दिवङ्गत हुनुभएको समाचार सुनेर हामी व्यथित बनेका छौँ र उहाँको आत्मा परमात्मामा समाहित होस् भन्ने कामना गर्दै शोकाकुल परिवारजनप्रति हृदयतः समवेदना व्यक्त गर्दछौं । शब्दयात्रा प्रकाशन परिवार
शब्दयात्रा प्रकाशनद्वारा नौ विधाको सम्मान समर्पण
शब्दयात्रा प्रकाशनले २०७८ सालको दोस्रो चरणको सम्मान कार्यक्रम यही चैत २६ गते शनिबार बनेपामा सम्पन्न गरेको छ । नेपालका प्रसिद्ध विद्वान् लेखक डा. शास्त्रदत्त पन्त प्रमुख अतिथि र शब्दयात्रा प्रकाशनका आजीवन सदस्य तथा भ्रष्टाचार निवारण शास्त्रका प्रणेता भरत जङ्गम सभापति रहनुभएको उक्त कार्यक्रममा देवीप्रसाद सापकोटा…