शब्दयात्रा प्रकाशनले पूर्वनिर्धारित नियमित कार्यक्रम अन्तर्गत आगामी कार्तिक महिनाको १४ गते शनिबार पाँचवटा विद्वतवृत्ति र तीनवटा कदरपत्र समर्पण गर्नेछ । त्यस बखत ‘शब्दयात्रा सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति’, ‘शब्दयात्रा प्रा. केदारनाथ–लीला श्रेष्ठ भोजपुर अनुसन्धान विद्वतवृत्ति’, ‘शब्दयात्रा सुभाष खड्का अनुसन्धान विद्वतवृत्ति’, ‘शब्दयात्रा प्रभातमान–झरना मास्के नेवाः सभ्यता अनुसन्धान विद्वतवृत्ति’ र ‘शब्दयात्रा राधा विष्ट प्रह्लाद केसी काभ्रेपलाञ्चोक अनुसन्धान विद्वतवृत्ति’ समर्पण गरिनेछ । त्यसै गरी एक सञ्चार–माध्यम र दुई सञ्चारकर्मीलाई ‘शब्दयात्रा हरिगोपाल प्रधान कदरपत्र, २०८३’ समर्पण गरिनेछ ।


