शब्दयात्रा प्रकाशनद्वारा उत्पादित तथा हरि मञ्जुश्रीद्वारा सङ्गीतबद्ध गानमा स्वर दिनुभएका नौजना गायक–गायिकालाई शब्दयात्रा प्रकाशनले आभारपत्र समर्पण गरेको छ । आभारपत्र प्राप्त गर्ने गायक–गायिकाहरूमध्ये रश्मि हुमागाईं, इ. रोशन मञ्जुश्री अधिकारी, वसन्त कुइकेल र गीता अधिकारीलाई प्रा. डा. कुलप्रसाद कोइरालाले आभारपत्र समर्पण गर्नुभएको थियो । रश्मि हुमागाईंको आभारपत्र उहाँको अनुपस्थितिमा इ. रोशन मञ्जुश्री अधिकारीले ग्रहण गर्नुभएको थियो । यसै गरी कृष्णमणि कुइकेल, केदारनाथ तिमल्सिना, शिव बन्जारा र कालिका त्रिपाठी पन्तलाई डा. इन्दुल केसीले आभारपत्र समर्पण गर्नुभएको थियो । पुण्यवती घले उपस्थित हुन सक्नुभएको थिएन । उपस्थित गायक–गायिकालाई हरि मञ्जुश्रीले रुद्राक्षमाला लगाइदिनुभएको थियो ।