डा. इन्दुुल केसीद्वारा लिखित ‘हरि मञ्जुश्रीका जागरण गान’ नामक पुस्तक यही चैत १४ गते शनिबार सार्वजनिक गरिएको छ । कृतिकार डा. इन्दुल केसी र अनुसन्धाता लालबहादुर भुजेलले उक्त पुस्तक संयुक्त रूपमा सार्वजनिक गर्नुभएको हो । सार्वजनिकीकरण कार्यक्रम शब्दयात्रा प्रकाशनको सभाकक्षमा भएको थियो । ‘हरि मञ्जुश्रीका जागरण गान’ शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित २७१ औँ पुस्तक हो । कार्यक्रममा कृतिकार डा. इन्दुल केसीले कृति र कृतिनायकका बारेमा बताउनुभएको थियो ।