वि. सं. १७७५ मा स्थापित पहिलो गुरुकुल हालको राजकीय संस्कृत माध्यमिक विद्यालय गुरुकुल (मटिहानी, महोत्तरी) लाई २०८२ सालको ‘शब्दयात्रा बद्रीविक्रम थापा महोत्तरी प्रतिभा पुरस्कार’ समर्पण गरिने भएको छ । पुरस्कारमा पच्चीस हजार रुपियाँ, अभिवन्दनापत्र, शब्दयात्रा पट्ट, उपहार र रुद्राक्षमाला समर्पण गरिनेछ । यस पुरस्कारका लागि कर्मयोगी बद्रीविक्रम थापा स्मृति सेवागुठीले कोषको व्यवस्था गरेको हो । पुरस्कार यही माघ महिनामा समर्पण गरिनेछ ।
राजकीय संस्कृत माध्यमिक विद्यालय गुरुकुललाई बद्रीविक्रम थापा महोत्तरी प्रतिभा पुरस्कार समर्पण गरिने