शब्दयात्रा प्रकाशनबाट तीनजना पत्रकारलाई २०८२ सालको कदरपत्र समर्पण गरिने भएको छ । कदरपत्र समर्पण गरिने पत्रकारहरूमा ‘म्युजिक डायरी’ पत्रिकाका सम्पादक तुलसी गिरी (झापा), एबीसीडी खबर डटकमका सम्पादक कृष्ण किसी (भक्तपुर) र ‘पलाञ्चोक’ साप्ताहिकका सम्पादक शुभराज अधिकारी (काभ्रेपलाञ्चोक) हुनुहुन्छ । कदरपत्र मङ्सिर महिनामा समर्पण गरिनेछ । तीनैवटा कदरपत्रको व्यवस्थापन अग्रज पत्रकार तथा विश्वकीर्तिमानी गीतकार हरिगोपाल प्रधानले गर्नुभएको हो । यो कदरपत्र २०७० सालदेखि निरन्तर समर्पण गर्ने गरिएको छ ।