Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

काभ्रेपलाञ्चोक अनुसन्धान विद्वतवृत्ति डा. इन्दुल केसीलाई

शब्दयात्रा प्रकाशनले शब्दयात्रा प्रकाशनद्वारा उत्पादित आध्यात्मिक गानको विवेचनात्मक पुस्तकका लागि ‘शब्दयात्रा राधा विष्ट प्रह्लाद केसी काभ्रेपलाञ्चोक अनुसन्धान विद्वतवृत्ति’ डा. इन्दुल केसी (भक्तपुर) मा समर्पण...
HomeActivitiesगुरुमहिमा भजन आयो

गुरुमहिमा भजन आयो

आध्यात्मिक एवम् सामाजिक व्यक्तित्व तथा लेखक सकुल थापाको नेपाली भजन ‘गुरुमहिमा’ आजदेखि अक्षरधाम यु–ट्युब च्यानलबाट सुन्न पाइने भएको छ । उक्त भजन आज २०८२ साल साउन १७ गते शनिबार शब्दयात्रा प्रकाशनको सभाकक्षमा आयोजित समारोहमा सार्वजनिक गरिसकिएको छ । भजनलाई भजनकार सकुल थापा र गायिका रश्मि हुमागाईंले संयुक्त रूपमा सार्वजनिक गर्नुभएको हो । भजनमा इ. रोशन मञ्जुश्री अधिकारीको पनि स्वर रहेको छ । उहाँले नै भजनको ‘भिडिओ’ तयार पार्नुभएको हो । कार्यक्रममा ‘गुरुमहिमा’ को ‘म्युजिक भिडिओ’ नै प्रस्तुत गरिएको थियो । भजनका सङ्गीतकार हरि मञ्जुश्रीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा गीतिभास्कर मच्छेश्वर सापकोटाले भजनका शब्द, सङ्गीत, स्वर र गायकीका विषयमा विश्लेषण गर्दै शब्दयात्रा प्रकाशनबाट उच्च स्तरको भजन तयार भएको कुरा बताउनुभएको थियो ।