Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

काभ्रेपलाञ्चोक अनुसन्धान विद्वतवृत्ति डा. इन्दुल केसीलाई

शब्दयात्रा प्रकाशनले शब्दयात्रा प्रकाशनद्वारा उत्पादित आध्यात्मिक गानको विवेचनात्मक पुस्तकका लागि ‘शब्दयात्रा राधा विष्ट प्रह्लाद केसी काभ्रेपलाञ्चोक अनुसन्धान विद्वतवृत्ति’ डा. इन्दुल केसी (भक्तपुर) मा समर्पण...
HomeActivitiesशब्दयात्रा प्रकाशनमा देउडाका लागि पुरस्कार स्थापना

शब्दयात्रा प्रकाशनमा देउडाका लागि पुरस्कार स्थापना

शब्दयात्रा प्रकाशनले देउडा गीतका लागि पुरस्कार समर्पण गर्ने व्यवस्था गरेको छ । पुरस्कारको राशी २५ हजार रुपियाँ रहनेछ । पुरस्कारको नाउँ ‘शब्दयात्रा सकुल थापा देउडा पुरस्कार’ रहनेछ । यो पुरस्कार देउडाको गायन, संरक्षण, प्रवर्धन, अनुसन्धान, प्रकाशन र प्रचारप्रसार गर्न योगदान गर्ने व्यक्ति वा संस्थालाई हरेक वर्ष समर्पण गरिनेछ । पहिलोपटक यो पुरस्कार यही वर्षको माघ महिनामा समर्पण गरिनेछ । पुरस्कारको कोष व्यवस्थापन काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका वडा नं. ७ निवासी विमला थापाले गर्नुहुनेछ । यस विषयमा विमला थापा र शब्दयात्रा प्रकाशनका बीच सम्झौता भइसकेको छ । सम्झौतापत्रमा कोष व्यवस्थापकका रूपमा विमला थापाले र शब्दयात्रा प्रकाशनका तर्फबाट कार्यसम्पादन समितिका सदस्य इ. रोशन मञ्जुश्री अधिकारीले हस्ताक्षर गर्नुभएको छ । देउडा पुरस्कारका लागि कोषको व्यवस्था गरिदिनुभएकोमा विमला थापाप्रति शब्दयात्रा प्रकाशन हार्दिक आभार व्यक्त गर्दछ ।