Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

काभ्रेपलाञ्चोक अनुसन्धान विद्वतवृत्ति डा. इन्दुल केसीलाई

शब्दयात्रा प्रकाशनले शब्दयात्रा प्रकाशनद्वारा उत्पादित आध्यात्मिक गानको विवेचनात्मक पुस्तकका लागि ‘शब्दयात्रा राधा विष्ट प्रह्लाद केसी काभ्रेपलाञ्चोक अनुसन्धान विद्वतवृत्ति’ डा. इन्दुल केसी (भक्तपुर) मा समर्पण...
HomeActivitiesकुमार काफ्ले र कमला महतलाई रणलक्ष्मी राष्ट्रिय प्रतिभा पुरस्कार समर्पण गरिने

कुमार काफ्ले र कमला महतलाई रणलक्ष्मी राष्ट्रिय प्रतिभा पुरस्कार समर्पण गरिने

शब्दयात्रा प्रकाशनले २०८२ सालको ‘शब्दयात्रा रणलक्ष्मी राष्ट्रिय प्रतिभा पुरस्कार’ साहित्यकारद्वय कुमार काफ्ले र कमला महतमा संयुक्त रूपमा समर्पण गर्ने भएको छ । शब्दयात्रा प्रकाशनद्वारा गठित पुरस्करणीय व्यक्तित्व चयन समितिको बैठकले उहाँहरूलाई पुरस्कृत गर्ने निर्णय गरेको हो । ओखलढुङ्गा जिल्लाको यसममा २०४१ सालमा जन्मनुभएका कुमार काफ्लेले उपन्यास, कथा र गीत विधामा तथा नुवाकोट जिल्लाको शिखरबेसीमा २०२५ सालमा जन्मनुभएकी कमला महतले ‘अनन्त’ कृतिमार्फत बाछिटा विधामा योगदान गर्नुभएको छ । दुवैजना शिक्षण पेसामा संलग्न हुनुहुन्छ । त्यस्ता व्यक्तित्वलाई पुरस्कृत गर्न पाउँदा शब्दयात्रा प्रकाशन गौरवान्वित बनेको छ । पुरस्कार यही साउन महिनामा समर्पण गरिनेछ । वाङ्मय क्षेत्रका प्रतिभाशाली व्यक्तित्वलाई हरेक वर्ष समर्पण गर्ने गरी कवि अमर त्यागीले आफ्ना पितामाताको नाउँमा यस पुरस्कारका लागि कोषको व्यवस्था गरिदिनुभएको हो । पुरस्कार ग्रहण गर्न स्वीकृति दिनुभएकोमा शब्दयात्रा प्रकाशन कुमार काफ्ले र कमला महतप्रति हार्दिक आभार व्यक्त गर्दछ ।