Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

निर्मला श्रेष्ठलाई सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति

शब्दयात्रा प्रकाशनले प्रथम महिला उपप्रधानमन्त्री शैलजा आचार्यको जीवनी र योगदानका बारेमा पाठ्यसामग्री तयार पार्नका लागि ‘शब्दयात्रा सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति’ निर्मला श्रेष्ठ (काभ्रेपलाञ्चोक)...
HomeActivitiesरोमा न्यौपानेलाई महिला प्रतिभा सम्मान समर्पण गरिने

रोमा न्यौपानेलाई महिला प्रतिभा सम्मान समर्पण गरिने

शब्दयात्रा प्रकाशनले २०८१ सालको ‘शब्दयात्रा मेलवादेवी गुरुङ महिला प्रतिभा सम्मान’ नृत्याङ्गना रोमा न्यौपाने (मोरङ) लाई समर्पण गर्ने भएको छ । दुर्घटनाबाट एउटा गोडा गुमाएर पनि साहससाथ नृत्य विधामा लाग्नुभएकी उहाँ एउटा मात्रै गोडाबाट नृत्य गर्ने नेपालकै प्रथम नृत्याङ्गना र शारीरिक विकलाङ्ग व्यक्तिहरूका लागि प्रेरणास्रोत हुनुहुन्छ । उहाँलाई आगामी असोज महिनामा सम्मान समर्पण गरिनेछ । यस सम्मानको आर्थिक व्यवस्थापन आफ्नी अर्धाङ्गिनी मनका श्रेष्ठको स्मृति र सम्मानमा साहित्यकार तथा पूर्वप्रशासक द्रोणप्रसाद श्रेष्ठले गर्नुभएको हो । सम्मान ग्रहण गर्न स्वीकृति प्रदान गर्नुभएकोमा रोमा न्यौपानेप्रति शब्दयात्रा प्रकाशन हार्दिक आभार व्यक्त गर्दछ ।