Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

निर्मला श्रेष्ठलाई सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति

शब्दयात्रा प्रकाशनले प्रथम महिला उपप्रधानमन्त्री शैलजा आचार्यको जीवनी र योगदानका बारेमा पाठ्यसामग्री तयार पार्नका लागि ‘शब्दयात्रा सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति’ निर्मला श्रेष्ठ (काभ्रेपलाञ्चोक)...
HomeActivitiesकाभ्रेपलान्चोक उद्यमशीलता पुरस्कार प्रेमकण्ठ माकजूमा समर्पण

काभ्रेपलान्चोक उद्यमशीलता पुरस्कार प्रेमकण्ठ माकजूमा समर्पण

उद्यमी प्रेमकण्ठ माकजू श्रेष्ठलाई २०८१ सालको ‘शब्दयात्रा सारथि काभ्रेपलान्चोक उद्यमशीलता पुरस्कार’ समर्पण गरिएको छ । कठिन परिस्थितिसँग सङ्घर्ष गरी उद्यमी बन्नुभएको, उद्यमीकै रूपमा सामाजिक विकासका लागि योगदान गर्नुभएको र आफ्नो उद्यमशीलताबाट केही रोजगारीसमेत सिर्जना गर्न सक्षम बन्नुका साथै देशका विभिन्न स्थानमा आफ्नो उद्यमशीलताका प्रभावहरू विस्तार गरेर प्रेरणादायी व्यक्तित्व बन्न सफल हुनुभएकोमा उहाँलाई १५ हजार रुपियाँ, अभिवन्दनापत्र, शब्दयात्रा पट्ट, उपहार र रुद्राक्षमालासहित उक्त पुरस्कार समर्पण गरिएको हो । हरेक वर्ष समर्पण गरिने यस पुरस्कारका लागि कोषको व्यवस्थापन सारथि ग्रुपका कार्यकारी अध्यक्ष तथा समाजसेवी प्रह्लाद प्याकुरेलले गर्नुभएको छ । पुरस्कार समर्पण गर्दा प्रा. रामकुमार पाँडेले अभिवन्दनापत्र, प्रोल्लास सिन्धुलीयले शब्दयात्रा पट्ट, प्रह्लाद प्याकुरेलले उपहार र भेटी तथा केदारनाथ तिमल्सिनाले रुद्राक्षमाला समर्पण गर्नुभएको थियो ।