Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

निर्मला श्रेष्ठलाई सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति

शब्दयात्रा प्रकाशनले प्रथम महिला उपप्रधानमन्त्री शैलजा आचार्यको जीवनी र योगदानका बारेमा पाठ्यसामग्री तयार पार्नका लागि ‘शब्दयात्रा सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति’ निर्मला श्रेष्ठ (काभ्रेपलाञ्चोक)...
HomeActivities‘किसुनजी’ सार्वजनिक

‘किसुनजी’ सार्वजनिक

शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीको १३७ औं पुस्तक ‘किसुनजी’ (कृष्णप्रसाद भट्टराई स्मृतिग्रन्थ) र उहाँले नै सम्पादन गर्नुभएको ‘सेवा नेपाल’ (वार्षिक मुखपत्र) यही साउन ११ गते शुक्रबार कर्मयोगी बद्रीविक्रम थापा स्मृति सेवा गुठीद्वारा नेपाल प्रज्ञाप्रतिष्ठानमा आयोजित वार्षिक कार्यक्रममा सार्वजनिक गरियो । दिव्य शताब्दी पुरुष डा. गौरीशङ्करलाल दासको प्रमुख आतिथ्य, वर्तमान मन्त्री शरदसिंह भण्डारी र पूर्वमन्त्री नवराज सुवेदीको विशेष आतिथ्य तथा शैक्षिक शिरोभूषण डा. सुरेशराज शर्माको सभापतित्वमा सम्पन्न आजको समारोहमा उल्लिखित दुवै पुस्तक उहाँहरू चारैजनाले संयुक्त रूपमा सार्वजनिक गर्नुभएको थियो । सम्पादकका रूपबाट हरि मञ्जुश्रीले ‘किसुनजी’ पुस्तक र ‘सेवा नेपाल’ मुखपत्रका विषयमा सङ्क्षिप्त जानकारी दिनुभएको थियो । ‘किसुनजी’ ४१६ पृष्ठको छ र मूल्य ६०० रुपियाँ राखिएको छ । यसमा कृष्णप्रसाद भट्टराईका विषयमा नेपाली र अङ्ग्रेजी भाषामा लेखिएका १०४ वटा लेख–संस्मरण राखिएका छन् । कार्यक्रममा शब्दयात्रा प्रकाशनका तर्फबाट सकुल थापा, मच्छेश्वर सापकोटा, जीवन थापा, शिव बन्जारा, डा. इन्दुल केसी, पदम दाहाल, जयनारायण नेपाल, श्रीराम पौडेल उदासी आदि उपस्थित हुनुहुन्थ्यो ।