Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

निर्मला श्रेष्ठलाई सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति

शब्दयात्रा प्रकाशनले प्रथम महिला उपप्रधानमन्त्री शैलजा आचार्यको जीवनी र योगदानका बारेमा पाठ्यसामग्री तयार पार्नका लागि ‘शब्दयात्रा सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति’ निर्मला श्रेष्ठ (काभ्रेपलाञ्चोक)...
HomeActivitiesदिव्यवती–कान्तुप्रसाद ढुङ्गाना छात्रवृत्ति १० जनालाई

दिव्यवती–कान्तुप्रसाद ढुङ्गाना छात्रवृत्ति १० जनालाई

शब्दयात्रा प्रकाशनले २०८१ सालको ‘शब्दयात्रा दिव्यवती — कान्तुप्रसाद ढुङ्गाना छात्रवृत्ति’ काभ्रेपलान्चोक जिल्लाका गरिब तथा जेहेन्दार १० जना विद्यार्थीलाई प्रदान गर्ने भएको छ । विद्यार्थीहरू कक्षा १ देखि १० सम्मका छन् । गरिब तथा जेहेन्दार विद्यार्थीहरूको नाउँ सम्बन्धित विद्यालयले नै सिफारिस गरेको हुनाले त्यसैका आधारमा विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरिने भएको हो । शब्दयात्रा प्रकाशनबाट २०८१ सालको शब्दयात्रा दिव्यवती — कान्तुप्रसाद ढुङ्गाना छात्रवृत्ति पाउने विद्यार्थीहरू बालआदर्श माध्यमिक विद्यालय खोपासीमा अध्ययनरत अङ्कुश गुप्ता (कक्षा १), राजेश तामाङ (कक्षा २) र चमेली तामाङ (कक्षा ३), आजाद माध्यमिक विद्यालय बनेपामा अध्ययनरत सुदीप तामाङ (कक्षा ४), अमित बुढाथोकी (कक्षा ५) र एसिका धमला (कक्षा ६), चण्डेश्वरी सृष्टिकान्त माध्यमिक विद्यालय नालामा अध्ययनरत मिलन वाइबा (कक्षा ७) र सङ्गीता घिसिङ (कक्षा ८) तथा शिक्षासदन माध्यमिक विद्यालय बनेपामा अध्ययनरत सलिना अन्सारी (कक्षा ९) र विशाल परियार (कक्षा १०) रहेका छन् । यस छात्रवृत्तिका लागि आवश्यक रकम आफ्ना मातापिताको स्मृति र सम्मानमा काठमाडौँको चाबहिल शान्तिगोरेटो निवासी शेखरप्रसाद ढुङ्गानाले उपलब्ध गराउनुभएको हो ।