Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

साहित्यिक तथा आध्यात्मिक भ्रमण सम्पन्न

शब्दयात्रा प्रकाशनको आयोजनामा ‘शब्दसाधना प्रस्तुतीकरण कार्यक्रम’ अन्तर्गत आज २०८३ असार २० गते शनिबार साहित्यिक तथा आध्यात्मिक भ्रमण गरियो । त्यस क्रममा काठमाडौँको तारकेश्वर नगरपालिका...
HomeActivitiesकाभ्रेका दुई पत्रकारलाई कदर गरिने

काभ्रेका दुई पत्रकारलाई कदर गरिने

काभ्रेपलान्चोक जिल्लाका दुई पत्रकार मधुसूदन गुरागाईं र भगवती तिमल्सिनालाई शब्दयात्रा प्रकाशनले कदरपत्र प्रदान गर्ने भएको छ । हरेक वर्ष दुईजना काभ्रेली पत्रकारलाई कदरपत्र प्रदान गर्ने गरिएअनुसार २०७७ सालका लागि उहाँहरूलाई कदरपत्र प्रदान गर्न लागिएको हो ।

कदरपत्र प्रदान गर्नका लागि उपयुक्त काभ्रेली पत्रकारहरूको चयन शब्दयात्रा प्रकाशनका आजीवन सदस्य सञ्चारकर्मी शिव बन्जारासहितको समितिले गर्ने गरेको छ भने शब्दयात्रा प्रकाशनका संस्थापक सञ्चालक सदस्य अग्रज पत्रकार हरिगोपाल प्रधानले कदरपत्रको सम्पूर्ण व्यवस्थापन गर्दै आउनुभएको छ ।