साहित्यकार स्वयम्भू शाक्यको प्रस्तुत पुस्तक ‘च्यातिएका पाना’ लघुकाव्य हो । यसमा उहाँले आफ्नी आमाको निधन भएपछिको मनोव्यथालाई शब्दमा उतार्नुभएको छ । यसमा तीन शीर्षक छन् । पहिलो शीर्षक ‘अभागीको जिन्दगी यो’ मा ७ पृष्ठ र ३४ श्लोक, दोस्रो शीर्षक ‘मनको बोझ मनमै रह्यो’ मा २३ पृष्ठ र ११४ श्लोक तथा तेस्रो शीर्षक ‘जिन्दगी मेरो सधैँ छ हार’ मा ४० पृष्ठ र १९७ श्लोक छन् । यसरी जम्मा ७० पृष्ठमा ३४५ श्लोक बनाएर यो लघुकाव्यलाई पूर्णता दिइएको छ । चार हरफको एक श्लोक छ । अन्त्यानुप्रास कतै मिलाइएको छ, कतै मिलाइएको छैन ।