‘सय पाइला पैले’ खेमराज शर्माद्वारा लिखित आञ्चलिक उपन्यास हो ।  यसमा एक सय वर्ष पहिलेको नेपाली ग्रामीण समाजको विषयवस्तुलाई उठाइएको छ । उपन्यासमा पश्चिम नेपालको परिवेशको चित्रण गरिए पनि लोकव्यवहार र जनजीवनको चित्रण पूर्वी नेपालसँग पनि मिल्दोजुल्दो छ । पाठकले यसमा नेपालको पहाडे जीवन भेट्टाउनेछ र आफ्ना पुर्खाहरूको तत्कालीन अवस्था थाहा पाउनेछ ।