लीलादेवी श्रेष्ठद्वारा लिखित ‘व्यथाको कथा’ नामक कथासङ्ग्रहमा पाँचवटा कथा छन् । सबै कथा पारिवारिक विषयवस्तु रहेका सामाजिक कथा लाग्छन् । पाठकको मनलाई भित्रभित्रै उद्वेलित बनाउन र पढिसकेपछि निकै बेर घोरिन बाध्य पार्ने यी कथाहरूले पाठकलाई राम्रो सन्देश पनि दिएका छन् । परिवार र समाजमा देखिने र देखिएका बेथिति र विसङ्गति, समाजको गलत व्यवहारले निम्त्याएको मानसिक विचलन, बालमनोविज्ञान, नारीका वेदना आदि विषयले यसभित्रका कथालाई पठनीय र मर्मस्पर्शी बनाएका छन् ।