
नाटककार लीलादेवी श्रेष्ठको ‘अठोट’ नामक प्रस्तुत नाट्यकृति आफ्नो जन्मभूमिप्रति हरेक व्यक्तिको विशेष कर्तव्य हुन्छ भन्ने सन्देश दिन सक्षम छ । विभिन्न पात्र र घटनाहरूलाई कथावस्तुमा उन्दै कथानकलाई विकसित गराएर कतै पनि द्वन्द्व नदेखाईकन नाटकलाई सन्देशमूलक ढङ्गबाट अन्त्य गराइएको छ । यस नाटकको कथातन्तुले ‘अठोट’ नाउँलाई सार्थक पारेको छ ।