शब्दयात्रा प्रकाशनका संस्थापक सदस्य सकुल थापाको हालसम्मको सेवायात्रालाई समेटेर शब्दयात्रा प्रकाशनकै आजीवन सदस्य सफ्टवेयर इन्जिनियर रोशन मञ्जुश्री अधिकारीले ‘सेवामा समर्पित सकुल थापा’ नामक वृत्तचित्र तयार पार्नुभएको छ । वृत्तचित्रमा सकुल थापाको जीवनयात्रा प्रस्तुत गरिनुका साथै उहाँको लेखक व्यक्तित्व, साहित्यसेवी व्यक्तित्व, समाजसेवी व्यक्तित्व, आध्यात्मिक व्यक्तित्व र छायाछविकार व्यक्तित्वबाट भएका योगदानका बारेमा जानकारी गराइएको छ । उक्त वृत्तचित्रको सार्वजनिकीकरण शब्दयात्रा प्रकाशनको आयोजनामा यसै महिनाभित्र गरिनेछ ।