
शैक्षिक शिरोभूषण
श्रीधर प्याकु¥यालद्वारा लिखित लघुकाव्य ‘शैक्षिक शिरोभूषण’ काठमाडौँ विश्वविद्यालयका संस्थापक उपकुलपति डा. सुरेशराज शर्माको जीवनका केही पक्षहरूलाई सङ्क्षिप्त रूपमा परिचय गराउने गरी लेखिएको छ । यस लघुकाव्यका नायक डा. सुरेशराज शर्मालाई नेपालका शैक्षिक शिरोभूषण भनिन्छ । यो उपाधि उहाँलाई जनस्तरबाट प्रदान गरिएको हो । लघुकाव्यकारले त्यही उपाधिलाई लघुकाव्यको नाम दिनुभएको छ । यसभन्दा अघि पनि उहाँले ‘डा. सुरेशराज शर्मा’ नामक लघुकाव्य तयार पार्नुभएको थियो । एकै व्यक्तिले एकै व्यक्तिका विषयमा दुईवटा लघुकाव्य लेखेको यसभन्दाबाहेकको अर्को जानकारी हामीले नपाएकाले यस प्रकारको कृतिका लागि यो लघुकाव्यले महàव राख्न सक्छ ।