काभ्रेपलाञ्चोक जिल्लाको श्रीखण्डपुरस्थित श्रीखण्डपुर माध्यमिक विद्यालयका विद्यार्थीहरूले शैक्षिक भ्रमण गर्ने क्रममा आज शब्दयात्रा प्रकाशनको भ्रमण गरे र विभिन्न संरचनाहरूको अवलोकन गरे । उनीहरूका साथमा पाँचजना शिक्षकहरू पनि आउनुभएको थियो । विद्यार्थीहरूले त्यहाँका सालिकहरूका विषयमा जिज्ञासा राखे । कस्ता मान्छेको सालिक राखिन्छ, यहाँ सालिक राखिएका मान्छेहरू को–को हुन् र उनीहरूको सालिक राख्नुको कारण के हो भनेर जानकारी गराइयो । उनीहरूले पुस्तकालय हेरे, अनुसन्धान कक्ष हेरे र पुस्तकका बारेमा जिज्ञासा राखे । उनीहरूलाई बताइयो र शब्दयात्रा प्रकाशनका तर्फबाट हरेक विद्यार्थीलाई बालसाहित्यका एक–एकवटा पुस्तक उपहार पनि दिइयो । उनीहरूले मन्दिरका विषयमा जिज्ञासा राखे । सरस्वतीको मन्दिर चिनाएपछि उनीहरूले सरस्वतीको मूर्तिलाई ढोगे । नीलकण्ठेश्वर महादेवको दर्शन गरे । एक सय आठ शिवलिङ्गको परिक्रमा गरे । हाइकुघरका अगाडि उभिएर तस्बिर खिचाउन भने । एकजना विद्यार्थीले ‘मैले यहाँबाट छात्रवृत्ति पाएको छु’ भनेर आफूलाई चिनाए । निकै बेर रमाएपछि उनीहरू फर्किए । यसको संयोजन गरिदिनुभएकोमा संयोजक शिव बन्जाराप्रति शब्दयात्रा प्रकाशन हार्दिक आभार प्रकट गर्दछ ।