मृगौलाले काम नगरेर मरणासन्न अवस्थामा पुग्नुभएका आफ्ना श्रीमान् प्रा. केदारनाथ श्रेष्ठलाई २०५५ साल जेठ १५ गते आफ्नो मृगौला दान गरेर आदर्श पत्नी र आदर्श दाताको परिचय कायम गर्नुका साथै समाजसेवा र साहित्यसेवामा सक्रिय रही विभिन्न संस्थालाई भौतिक सम्पत्ति पनि दान गर्नुभएकाले सङ्खुवासभाकी लीलादेवी श्रेष्ठलाई ‘शब्दयात्रा बेलप्रसाद श्रेष्ठ दानशीलता सम्मान, २०८२’ समर्पण गरियो । यस सम्मानको आर्थिक व्यवस्थापन काभ्रेपलाञ्चोकका समाजसेवी बेलप्रसाद श्रेष्ठले गर्नुभएको हो । सम्मानका क्रममा बेलप्रसाद श्रेष्ठका तर्फबाट प्रह्लाद प्याकुरेलले माला र उपहार, हरि मञ्जुश्रीले किरीट तथा डा. छत्रपति दाहालले अभिवन्दनापत्र समर्पण गर्नुभएको थियो ।