साहित्यसेवी ललिता दोषी (गुल्मी) र गायिका सरस्वती सापकोटा (काभ्रेपलान्चोक) लाई ‘शब्दयात्रा रणलक्ष्मी राष्ट्रिय प्रतिभा पुरस्कार, २०८१’ समर्पण गरिने भएको छ । यस पुरस्कारका लागि कवि अमर त्यागीले आफ्ना पितामाताको सम्मानस्वरूप कोषको व्यवस्था गर्नुभएको छ । पुरस्कार आगामी साउन महिनामा समर्पण गरिनेछ । पुरस्कार ग्रहण गर्न स्वीकृति प्रदान गर्नुभएकोमा साहित्यसेवी ललिता दोषी र गायिका सरस्वती सापकोटाप्रति शब्दयात्रा प्रकाशन परिवार हार्दिक आभार व्यक्त गर्दछ ।