भोजपुर जिल्लामा जन्मेर राष्ट्रसेवाको कुनै पनि क्षेत्रमा योगदान गरेको ६० वर्षभन्दा कम उमेरको व्यक्तिलाई ‘शब्दयात्रा कृष्ण जोशी भोजपुर प्रतिभा पुरस्कार’ बाट यही भदौ महिनामा पुरस्कृत गरिने भएकाले उपयुक्त व्यक्तिको तस्बिरसहितको विवरण sypublication@gmail.com मा पठाइदिन शब्दयात्रा प्रकाशनले भोजपुरे मित्रहरूसँग अनुरोध गरेको छ ।