Shabdayatra Prakashan Shabdayatra Prakashan Shabdayatra Prakashan
  • 0
    Log in
    • Shabdayatra Prakashan Shabdayatra Prakashan Shabdayatra Prakashan
    • शब्दयात्रा ब्लग
    • प्रकाशनहरु
    • साहित्यिक पत्रिकाहरु
    • शब्दसञ्चार
    • सम्मान
    • पुरस्कार
    • विविध
      • पुस्तकालय
      • सहयोग कोष
      • कदरपत्र
      • छात्रवृत्ति
      • विद्धत्वृत्तिहरू
      • चयन समिति
    • हाम्रो बारेमा
      • परिचय
      • सदस्य
      • ठेगाना
    • 0
      • Login to add posts to your read later list
    नेपालको पहिलो सूर्यभजन सार्वजनिक
    Activities, Featured

    नेपालको पहिलो सूर्यभजन सार्वजनिक 

    admin, 9 hours ago 1 min read 54  
    नेपाली भाषाको पहिलो सूर्यभजन सार्वजनिक गरिएको छ । शब्दयात्रा प्रकाशनको सभाकक्षमा आज २०८२ साल पुस १७ गते बिहीबार आयोजित समारोहमा ललितकुमार शाक्यले यसलाई सार्वजनिक गर्नुभएको हो । ‘सूर्यप्रार्थना’ भजनका विषयमा मच्छेश्वर सापकोटाले लेख्नुभएको टिप्पणी पुण्यवती घलेले वाचन गर्नुभएको थियो । गायक वसन्त कुइकेलले गायनसम्बन्धी अनुभव सुनाउनुभएको थियो । भजन मन परेमा लाइक, सेयर र सब्सक्राइब गरिदिन वसन्त कुइकेलले अनुरोध गर्नुभएको छ । हालसम्म नेपाली भाषामा सूर्यको स्तुति, भजन या प्रार्थनाको स्वराङ्कन गरिएको थिएन, यो नै पहिलो हो । यसलाई सूर्यप्रार्थना भनिएको छ । यसको लेखन र सङ्गीत हरि मञ्जुश्रीको हो । यसमा वसन्त कुइकेलले स्वर दिनुभएको छ । बालकृष्ण सेवाचार्यको बाद्यसंयोजन र मच्छेश्वर सापकोटाको सुपरिवेक्षणमा सूर्यप्रार्थना तयार भएको हो । यसको सम्पादन इन्जिनियर रोशन मञ्जुश्री अधिकारीले गर्नुभएको छ । यो भजन शब्दयात्रा प्रकाशनद्वारा उत्पादित चौबीसौँ साङ्गीतिक प्रस्तुति हो ।
    Activities, Featured

    नेपालको पहिलो सूर्यभजन सार्वजनिक

    Activities, Featured

    उषा केसीको ‘हिउँफूल’ उपन्यासमाथिको संवाद कार्यक्रम सम्पन्न

    admin

    Related posts

    Activities

    नाम सिफारिस गरिदिन अनुरोध 

    admin, 7 years ago 1 min read  
    Activities, Featured

    चारवटा पुस्तक सार्वजनिक 

    admin, 9 months ago 1 min read  
    Activities, Featured

    चार व्यक्तित्व सम्मानित 

    admin, 9 years ago 1 min read  
    Activities, Featured

    बन्यो बनेपामा ऐतिहासिक स्मारक 

    admin, 7 years ago 2 min read  
    Activities

    श्रद्धाञ्जली अङ्क ११ गते 

    admin, 9 years ago 1 min read  
    Activities, Featured

    रमा पाण्डे कोइरालालाई दूरदृष्टि नेतृत्व पुरस्कार समर्पण गरिने 

    admin, 2 years ago 1 min read  

    Shabdayatra Prakashan @ 2022
    • Login
    • Register

    Forgot Password

    Registration is closed.