नेपाल सरकारको पहिलो महिला मुख्यसचिव लीलादेवी गड्तौलामा शब्दयात्रा प्रकाशनले प्रशासनिक महिला प्रतिभा पुरस्कार समर्पण गरेको छ । पुरस्कार समर्पण गर्ने क्रममा प्रा. केदारनाथ श्रेष्ठले अभिवन्दनापत्र, शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीले शब्दयात्रा पट्ट, पूर्वप्रशासक लक्ष्मीदेवी हुमागाईंले उपहार, कोष व्यवस्थापकको अनुपस्थितिमा उहाँका तर्फबाट लेखिका गीता अधिकारीले भेटी र समाजसेवी सकुल थापाले माला समर्पण गर्नुभएको थियो । पुरस्कारको कोष व्यवस्थापन लोकसेवा आयोगका पूर्वसदस्य, पूर्वसचिव तथा गायिका उर्मिला श्रेष्ठले गर्नुभएको हो ।