
नागा बाबा रमेश गिरि
हरि मञ्जुश्रीद्वारा सम्पादित ‘नागा बाबा रमेश गिरि’ काभ्रेको बनेपास्थित शैलेश्वर, धनेश्वर र विकटेश्वर, बुटवलको पर्रोहा तथा सिन्धुलीको कुशेश्वरमा बसी ती–ती ठाउँका धार्मिक स्थलहरूमा विभिन्न भौतिक संरचनाहरू निर्माण गरेर विकासप्रेमी धार्मिक व्यक्तित्वका रूपमा चिनिनुभएका र आध्यात्मिक क्षेत्रमा पनि अत्यन्त सम्मान्य व्यक्तित्व बनाउनुभएका नागा बाबा रमेश गिरिका विषयमा विभिन्न लेखकहरूले लेखेका संस्मरणात्मक लेखहरूसमेत सङ्ग्रह गरिएको स्मृतिग्रन्थ हो । यसको छुट्टै विशेषता रहेको छ ।