पत्रकार दीपक भेटुवालले शब्दयात्रा प्रकाशन पुस्तकालयका लागि सत्यनारायण गोयन्काको ‘विपस्सना ध्यान’, सपना लामिछानेको कवितासङ्ग्रह ‘जिन्दगी एक यात्रा’, निद्रा देउजा राजवंशीको कवितासङ्ग्रह ‘अदृश्य हावा’ र ‘सम्यक सन्देश’ पत्रिकाको ३७ औँ अङ्क उपहारस्वरूप प्रदान गर्नुभएको छ । पुस्तकालयका तर्फबाट ती उपहारहरू शब्दयात्रा प्रकाशनका सञ्चालक सदस्य कृष्णमणि कुइकेलले ग्रहण गर्नुभएको थियो । पुस्तकालयका लागि पुस्तक–पत्रिका उपहार प्रदान गर्नुभएकोमा शब्दयात्रा प्रकाशन परिवार पत्रकार दीपक भेटुवालप्रति हार्दिक आभार व्यक्त गर्दछ ।