साहित्यकार दिल पौडेल (सिन्धुली) लाई २०८२ सालको ‘शब्दयात्रा जीवनचन्द्र कोइराला सिन्धुली प्रतिभा पुरस्कार’ समर्पण गरिने भएको छ । पुरस्कारमा पन्ध्र हजार रुपियाँ, अभिवन्दनापत्र, शब्दयात्रा पट्ट, उपहार र रुद्राक्षमाला समर्पण गरिनेछ । ग्रन्थसम्पादक जीवनचन्द्र कोइरालाको स्मृतिमा उहाँकी धर्मपत्नी मनिका कोइरालाले पुरस्कार कोषको व्यवस्था गर्नुभएको हो । पुरस्कार यही माघ महिनामा समर्पण गरिनेछ ।