शब्दयात्रा प्रकाशनका संस्थापक सदस्य सकुल थापाले आर्थिक रूपमा कमजोर तर पढाइमा अब्बल रहेका तीनजना विद्यार्थीलाई शब्दयात्रा प्रकाशनमार्फत आर्थिक सहयोग दिन लाग्नुभएको छ । सहयोग रकम यही महिनामा प्रदान गरिनेछ । आर्थिक सहयोग पाउने विद्यार्थीहरू धनेश्वर आधारभूत विद्यालय, श्रीखण्डपुर माध्यमिक विद्यालय र काभ्रे माध्यमिक विद्यालयमा अध्ययन गरिरहेका छन् ।