शब्दयात्रा प्रकाशनले २०८२ सालको ‘शब्दयात्रा होम–तोत्र शिक्षा सम्मान’ शिक्षासेवी तथा शैक्षिक चिन्तक प्रा. डा. मीनबहादुर विष्ट (प्युठान) मा समर्पण गर्ने भएको छ । शब्दयात्रा प्रकाशनद्वारा गठित सम्मान्य व्यक्तित्व चयन समितिको बैठकले उहाँलाई सम्मान गर्ने निर्णय गरेको हो । उहाँले लामो समयसम्म विश्वविद्यालयमा शिक्षा विषयक प्राध्यापन र विद्यावारिधि उपाधिको शोधनिर्देशन गर्नुका साथै आफ्ना उत्कृष्ट शैक्षिक चिन्तनहरू पुस्तकाकार रूपमा नेपाली वाङ्मयमा प्रस्तुत गर्नुभएको छ । उहाँजस्ता शिक्षासेवी तथा शैक्षिक चिन्तकमा सम्मान समर्पण गर्न पाउनु शब्दयात्रा प्रकाशनको सौभाग्य हो । यस सम्मानको कोष व्यवस्थापन शिक्षासेवी रमेश पौड्याल (काभ्रेपलाञ्चोक) ले गर्नुभएको हो । सम्मान आगामी जेठ महिनामा समर्पण गरिनेछ । सम्मान ग्रहण गर्न स्वीकृति प्रदान गर्नुभएकोमा प्रा. डा. मीनबहादुर विष्टप्रति शब्दयात्रा प्रकाशन परिवार हार्दिक आभार प्रकट गर्दछ ।