मधुमेह, थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डा. दीपक मल्ल (कास्की) लाई २०८२ सालको ‘शब्दयात्रा डा. भास्कर–रश्मि चिकित्सा पुरस्कार’ समर्पण गरिने भएको छ । पुरस्कारमा पच्चीस हजार रुपियाँ, अभिवन्दनापत्र, शब्दयात्रा पट्ट, उपहार र रुद्राक्षमाला समर्पण गरिनेछ । यस पुरस्कारका लागि डा. भास्कर हुमागाईं र रश्मि हुमागाईं दम्पतीले कोषको व्यवस्था गर्नुभएको हो । पुरस्कार यही माघ महिनामा समर्पण गरिनेछ ।