पत्रकार ज्ञानेन्द्रनाथ न्यौपाने ‘लेकाली’ (रसुवा) लाई २०८२ सालको ‘शब्दयात्रा टोपकुमारी–तुलसीप्रसाद आचार्य रसुवा प्रतिभा पुरस्कार’ समर्पण गरिने भएको छ । पुरस्कारमा पच्चीस हजार रुपियाँ, अभिवन्दनापत्र, शब्दयात्रा पट्ट, उपहार र रुद्राक्षमाला समर्पण गरिनेछ । यस पुरस्कारका लागि रसुवा जिल्लाबाट पहिलोपटक विद्यावारिधि गर्ने विदुषी डा. सरस्वती आचार्यले आफ्ना मातापिताको स्मृति र सम्मानमा कोषको व्यवस्था गर्नुभएको हो । पुरस्कार यही माघ महिनामा समर्पण गरिनेछ ।