शब्दयात्रा प्रकाशनले जीवन विज्ञान (काभ्रेपलाञ्चोक) नामक संस्थालाई २०८२ सालको ‘शब्दयात्रा नीलकण्ठेश्वर कृष्णमणि आध्यात्मिक संस्था सम्मान’ समर्पण गर्ने भएको छ । यस सम्मानको कोष व्यवस्थापन नीलकण्ठेश्वर धाम संरक्षण समितिसँगको समन्वयमा शब्दयात्रा प्रकाशनले गरेको हो ।