शब्दयात्रा प्रकाशनले यही असार १४ गते शुक्रबार कविता वाचन गर्ने कार्यक्रम राखेको छ । शब्दब्रह्मको विराटतालाई लिएर लेखिएका ‘शब्दयात्रा’ शीर्षकका कविताहरू त्यस कार्यक्रममा वाचन गरिनेछन् । कविहरूका लागि उपहारको व्यवस्था गरिएको छ । वाचित कविताहरू सङ्ग्रह गरी पुस्तक प्रकाशन गर्ने योजना छ । कार्यक्रमको प्रमुख आतिथ्य ग्रहण गर्न महाकाव्यकार कलानिधि दाहालले र कविता वाचन कार्यक्रमको संयोजन गरी पुस्तकको सम्पादन गर्न डा. छत्रपति दाहालले अनुमति दिनुभएको छ । त्यही कार्यक्रममा १० जना विद्यार्थीलाई ‘दिव्यवती–कान्तुप्रसाद छात्रवृत्ति’ पनि प्रदान गरिनेछ । छात्रवृत्तिको कोष व्यवस्थापन शेखरप्रसाद ढुङ्गानाले गर्नुभएको छ । शब्दयात्रा प्रकाशनको सभाकक्षमा हुने उक्त कार्यक्रम दिउँसो १ बजे सुरु हुनेछ ।