शब्दयात्रा प्रकाशनले यही साउन महिनामा समर्पण गर्ने सात विधाका पुरस्कारका लागि पुरस्करणीय व्यक्तित्व चयन गरिदिन ‘पारस्परिक सेवा समन्वय सन्जाल’ लाई आग्रह गरेको छ । शब्दयात्रा प्रकाशनको सूचना बमोजिम पुरस्करणीय व्यक्तिहरूको नाउँ र योगदानको विवरण विभिन्न व्यक्ति र संस्थाबाट प्राप्त भइरहेका छन् । यही असार २० गतेसम्म प्राप्त हुने नाउँहरूमध्येबाट उक्त सन्जालका सदस्यहरू सम्मिलित बैठकले हरेक पुरस्कारका लागि एक–एक व्यक्ति वा संस्थाको नाउँ निर्णय गर्नेछ । त्यस बैठकमा निर्णय गरिएका व्यक्ति वा संस्थालाई नै शब्दयात्रा प्रकाशनले पुरस्कार समर्पण गर्नेछ । पुरस्करणीय व्यक्तिको चयन गरिदिन हाम्रो आग्रह स्वीकार गरिदिएकोमा ‘पारस्परिक सेवा समन्वय सन्जाल’ प्रति शब्दयात्रा प्रकाशन परिवार हार्दिक आभार व्यक्त गर्दछ ।