उद्यमी गोविन्द शर्मा (हसेरा पर्माकल्चर लर्निङ सेन्टर, काभ्रेपलाञ्चोक) लाई २०८२ सालको ‘शब्दयात्रा सारथि काभ्रेपलाञ्चोक उद्यमशीलता पुरस्कार’ समर्पण गरिने भएको छ । पुरस्कारमा पन्ध्र हजार रुपियाँ, अभिवन्दनापत्र, शब्दयात्रा पट्ट, उपहार र रुद्राक्षमाला समर्पण गरिनेछ । यस पुरस्कार कोषको व्यवस्था होटल सारथिका अध्यक्ष प्रह्लाद प्याकुरेलले गर्नुभएको हो । पुरस्कार यही माघ महिनामा समर्पण गरिनेछ ।