
केही दृष्टि केही दृष्टिकोण
आफ्नो एकल लेखनका १७ वटा र धर्मपत्नी मनका श्रेष्ठसहित भई संयुक्त लेखनको एउटा गरी जम्मा १८ वटा निबन्धहरूको यो सङ्ग्रह द्रोणप्रसाद श्रेष्ठ ‘मुन्डाघरे’ को निबन्धकारिताको एउटा नमुना हो । यसभित्र ४ वटा अप्रकाशित र १४ वटा पूर्वप्रकाशित निबन्धहरू रहेका छन् । यस सङ्ग्रहले नेपाली निबन्धसाहित्यमा आफ्नै प्रकारको विशेष स्थान राख्नेछ भन्ने कुरामा यो संस्था विश्वस्त छ ।