
आफू अरूका लागि (स्मृतिनिबन्ध)
निर्मला श्रेष्ठद्वारा लिखित ‘आफू अरूका लागि’ आफू र आफ्नो परिवेशलाई केन्द्रमा राखेर आफ्ना अनुभव र अनुभूतिहरूले अरूको हितमा आफूलाई समर्पित गर्न प्रेरित गराएका सन्दर्भहरूको स्मृतिलेखन हो । शैक्षिक विकास, सामाजिक सचेतना, महिला सशक्तीकरण, दिगो विकास, गरिबी न्यूनीकरण, सहकारिता, उद्यमशीलता जस्ता विषयलाई सम्बोधन गरी रोजगारीका लागि विदेशतर्फ पलायन हुने अवस्थालाई न्यून गर्न सकिने उपायहरू उहाँले यस पुस्तकमा आफ्नै अनुभवका आधारमा प्रस्तुत गर्नुभएको छ । अरूको हितका लागि आफूलाई समर्पण गर्ने शिक्षा उहाँले कसरी प्राप्त गर्नुभयो भन्ने कुरा यस पुस्तकमा पढ्दा पाठकहरूलाई सकारात्मक सोच राख्ने हो भने अरूको हितमा आफूलाई समर्पित तुल्याउन सकिँदो रहेछ भन्ने प्रेरणा प्राप्त हुनेछ ।